sevenstartv.com २० वैशाख २०८३, आइतवार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधिसभाको बैठक दिउँसो साढे १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथ मन्त्रपिरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२/०८३ को आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूचि रहेको छ ।

 त्यस्तै पौने २ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आ.व.२०८२/०८३ को आर्थिक सर्वेक्षण पेश कार्यसूचि रहेको छ । त्यस्तै दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गर्नुहुने कार्यसूचि रहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्