गृहमन्त्री लेखकले राजिनामा नदिने
काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबिच भेटर्वाता भएको छ । गृहमन्त्री लेखकले राजिनामा नदिने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका थिए । हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए ।
