sevenstartv.com २१ वैशाख २०८३, सोमवार

रास्वपाको सचिवालय र केन्द्रीय समितिकाे बैठक बस्दै

१० जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश सरदर गरेपछि आगामी रणनीति बनाउन बैठक बोलाइएको हो । 

शुक्रबार अबेर राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो । 
सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ । 

साथै आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय भएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्