सांसद् बोहराको निधनका कारण प्रतिनिधिसभा बैठक ढिला सुरु हुने
काठमाडौं । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरका लागि सरेको छ ।
सभामुख देवराज घिमिरे बैठक कक्षमा आइपुगे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् दीपक बोहराको निधनको खबर आएकाले संसद बैठक केहीबेरका लागि सरेको बताइएको छ ।
सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद केही ढिला सुरु हुनेछ । आज शोक प्रस्ताव पारित गरेर संसद बैठक अन्त्य हुनेछ ।
