‘गौंथली’ ले कमायो साढे १९ करोड : जारी, छक्कापञ्जा ४, परानलाई उछिन्यो
काठमाडौं -नेपाली फिल्म ‘गौंथली’ ले राम्रो कमाइ गर्दै आइतबारसम्म कूल १९ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
फिल्मले प्रदर्शनको छोटो अवधिमै ७ लाखभन्दा बढी दर्शक बटुल्न सफल भएको छ ।
निर्माता सुमन गिरीका अनुसार डायस्पोरामा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको यो फिल्मले अमेरिका, अस्ट्रेलिया र दुबई लगायतका मुलुकमा पनि राम्रो कमाइ गरेको छ ।
सोही अवधिसम्म फिल्मलाई ७ लाखभन्दा धेरै दर्शकले हेरेका छन् ।
पछिल्लो शनिबारसम्म यो फिल्मले जारी, छक्कापञ्जा ४ र परानको कमाइलाई उछिनेको छ । सम्भवतः आज वा भोलिसम्म फिल्मले ‘१२ गाउँ’ (१९ करोड ९२ लाख ग्रस) लाई उछिन्न सक्छ ।
त्यसअघि ‘कबड्डी ४ र ‘पूर्णबहादुरको सारंगी’ मात्र धेरै कमाउने नेपाली फिल्मको पहिलो र दोस्रो स्थानमा छन् ।













