sevenstartv.com २४ साउन २०८३, आइतवार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेबाट बस्दै

२४ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन सर्कूलर गरिएको छ ।

बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन तथा पार्टीका बारेमा सर्वोच्च अदालतको पछिल्लो निर्णयलगायत विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ ।

पार्टी नेतृत्वले आपसी एकताका लागि ठोस पहल नगरेको भन्दै नयाँ दल खोलेर अघि बढ्ने तयारीमा रहेको कांग्रेस असन्तुष्ट पक्षले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताका विषयमा पुनरावलोकनको बाटो खुला गरेपछि केही पछि हटेको छ ।

कांग्रेस पार्टी सभापति गगन थापाले पार्टी एकताका लागि आफुले हदैसम्मको लचकता अपनाउने बताउँदै आए पनि कांग्रेसका असन्तुष्ट पक्षले भने आफ्ना मागका विषयमा संस्थापन पक्ष मौन रहेको आरोप लगाउँदै आएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्