sevenstartv.com २५ साउन २०८३, सोमवार

प्रधानमन्त्री शाह र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता सम्पन्न

कालो चस्मा बिना नै देखिए प्रधानमन्त्री

२५ साउन २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज ( सोमबार) भेटवार्ता भएको हो ।

सधै कालो चस्मामा देखिने प्रधानमन्त्री शाह श्रीवास्तवसँग शिष्टाचार भेटवार्तामा भने चस्मा बिना देखिए । प्रतिनीधि सभा बैठकमा उनकै पार्टीका सांसद मनिष झा को कटाक्ष पश्चात प्रधानमन्त्री शाह पहिलो पटक चस्मा विना नै शिष्टाचार भेटवार्तामा देखिए ।

उक्त भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको बताइएको छ । प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्