sevenstartv.com १० चैत २०८२, मङ्गलवार

थाइल्यान्डको नयाँ प्रधानमन्त्रीमा पाएतोङ्गटार्न शिनावात्रा चयन

३२ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । थाइल्यान्डको संसद्ले पाएतोङ्गटार्न शिनावात्रालाई प्रधानमन्त्रीमा चयन गरेको छ ।

उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् । ३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन् ।

पाएतोङ्गटार्नकी फुपु यिङ्गलुक शिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रीता थाविसिनलाई बर्खास्त गरेको दुई दिनपछि चिनावट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

पाएटोङ्गटार्न शिनावात्रा र पूर्व प्रधानमन्त्री श्रीथा टाविसिन दुवै फउ थाई पार्टीका हुन् । शिनावात्रा सन् २०२३ को चुनावमा दोस्रो स्थानमा रहेकी थिइन् ।

पाएतोङ्गटार्नको परिवारका चार सदस्य यसअघि नै थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्