sevenstartv.com १० चैत २०८२, मङ्गलवार

अमेरिकाको कोलम्बिया विश्वविद्यालयकी अध्यक्ष मिनुश शाफिकले दिइन् राजीनामा

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता


काठमाडौं । अमेरिकाको कोलम्बिया विश्वविद्यालयकी अध्यक्ष मिनुश शाफिकले राजीनामा दिएकी छन् । विश्वविद्यालय परिसरमा गाजामा जारी युद्धबारे विद्यार्थीहरूको विरोध प्रदर्शन व्यवस्थापन मामिलामा उनले राजीनामा दिएकी हुन् । 

शफिक एक वर्षअघि मात्रै सो पदमा आसिन भएकी थिइन् । विश्वविद्यालयमा शरदकालीन सेमेस्टर सुरु हुन केही हप्ता मात्रै बाँकी रहँदा उनको राजीनामा आएको हो । गाजा युद्धको विरोध प्रदर्शनलाई सम्हाल्न नसकेपछि न्यूयोर्कमा आईभी लिग विश्वविद्यालयबाट राजीनामा दिने उनी तेस्रो अध्यक्ष हुन् ।

अप्रिलमा शफिकले न्युयोर्क प्रहरी विभागका अधिकारीहरूलाई क्याम्पसभित्र छिर्ने अनुमति दिएकी थिइन् । उनको सो कदमपछि प्रहरीहरूले झन्डै सयजना विद्यार्थीलाई पक्राउ गरेर लगे । कोलम्बियाको क्याम्पसबाट यसरी बृहत स्तरमा विद्यार्थी पक्राउ गरिएको यो पाँच दशकभन्दा बढी समययताकै पहिलो पटक थियो ।

यसले अमेरिका र क्यानडाभरका अन्य दर्जनौँ विश्वविद्यालयमा पनि गाजा युद्धविरुद्ध विरोध प्रदर्शन भड्कायो । आफूले विश्वविद्यालयमा उथलपुथलपूर्ण समय देखेको अनि यसमा समुदायबारे फरक विचारलाई जित्न गाह्रो भएको भनेर बुधवार विद्यार्थी र फ्याक्ल्टीलाई पठाएको इमेलमा शाफिकले लेखेकी छिन् ।
यस अवधिले समुदायका अन्यलाई झैँ आफ्नो परिवारमा समेत निकै असर पुर्‍याएको पनि उनले पत्रको बताइन् । ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्