sevenstartv.com १० चैत २०८२, मङ्गलवार

मंकीपक्सको संक्रमण फैलिएपछि अफ्रिकी देशमा स्वास्थ्य आपतकाल घोषणा

मंकीपक्सको नयाँ संस्करण छिटो फैलिदा मृत्यु दर बढेको भन्दै वैज्ञानिकहरूद्वारा चिन्ता

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकी मुलुकहरुमा मङ्कीपक्स (एमपक्स)को संक्रमण बढेपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ भने अब मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरुमा फैलिरहेको जनाइएको छ । यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्यु दर उच्च रहेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए । बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै एमपक्सको संक्रमण हुने गर्दछ । यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ ।

यसको लक्षण फ्लू जस्तो हुन्छ भने छालामा घाउहरू गराउँछ जुन घातक हुन सक्छ । यो रोग लागेका सयमध्ये चार जनाको मृत्यु भएको पाइएको छ । बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिकन, केन्या र रुवाण्डासहित अन्य अफ्रिकी देशहरूमा यो रोग फैलिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्