भोलि आफ्ना पिताको स्मृति दिवस मनाउन शेख हसिनाको अपिल
काठमाडौं । अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना बुबाको स्मृति दिवस मनाउनका लागि बिहीबार राजधानी ढाकामा उपस्थित हुन समर्थकलाई अपिल गरेकी छन् ।
हाल भारतको शरणमा रहेकी हसिनाले अमेरिकामा रहेका आफ्ना छोरामार्फत विज्ञप्ति जारी गरी यो अपिल गरेकी हुन् । बंगलादेशको स्वतन्त्रताका नायक मुजिबुर रहमान शेख सन् १९७५ अक्टोबार १५ का दिन सैन्य ‘कू’ मा मारिएका थिए ।
उनी बंगलादेशका राष्ट्रपिता मानिन्छन् । हसिना सत्तामा रहँदा भएको विद्यार्थीको प्रदर्शनका क्रममा ४५० भन्दा बढी मानिस मारिएका थिए ।
