बंगलादेशमा सिर्जना भएको राजनीतिक घटनाक्रममा आफ्नो कुनै हात नरहेको अमेरिकाकाे दाबी
काठमाडौं । अमेरिकाले बंगलादेशमा सिर्जना भएको पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो कुनै हात नरहेको स्पष्ट पारेको छ । शेख हसिनाले आफूलाई हटाउन अमेरिकाले मूख्य भूमिका खेलेको आरोप लगाएकी थिइन् । अमेरिकाले यसलाई ठाडै अस्वीकार गरेको हो ।
ह्वाइट हाउसकी प्रवक्ता केरिन जीन पियरेले यो मामिलामा आफूहरुको कुनै सहभागिता नरहेको बताएकी छन् । उनले हसिनाको वक्तव्य झुट भएको बताएकी हुन् । बंगलादेशको भविष्य तय गर्ने त्यहीका नागरिकको इच्छा भएको उनले बताइकी छन् ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना र उनको छोरा सजीब वाजिदले विदेशी शक्तिले बंगलादशमा छात्रा आन्दोलनको समर्थन गरेको बताएका थिए । हसिनाले एयरबेस बनाउनका लगि अनुमति नदिएका कारण आफू सत्ताबाट बाहिरिनु परेको बताएकी थिइन् ।
