sevenstartv.com १० चैत २०८२, मङ्गलवार

दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु

१४ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा एक सय ८१ जना रहेकोमा २८ जनाको शव निकालेको बीबीसीले जनाएको छ ।

एक सय ७५ जना यात्रु र छ जना चालक दल बोकेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो । अवतरण गर्ने क्रममा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

चरासँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक विवरण आएको तर थप अनुसन्धान भइरहेको दक्षिण कोरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्