sevenstartv.com १० चैत २०८२, मङ्गलवार

विद्यार्थीले अदालत घेरेपछि बङ्गलादेशका प्रधानन्यायाधीको राजीनामा

२६ साउन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन । आज आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । बिहानदेखि सयौंको सङ्ख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशको पनि राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीश हसनले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेका आन्दोलनरत विद्यार्थीको आरोप छ ।बङ्गलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी अन्तरिम सरकार गठन भएपछि पनि आन्दोलन रोकिएको छैन ।

प्रधानन्यायाधीश हसनले अन्तरिम सरकारलाई अपदस्त गर्नका लागि अदालतबाट पूर्वप्रधानमन्त्री हसिनाको पक्षमा काम गरिरहेको विद्यार्थी आन्दोलनकारीको आशंका छ ।विद्यार्थीको आन्दोलनकै कारण पूर्व प्रधानमन्त्री शेख हसिना देशबाट भागेर भारत पुगिसकेका छन । सरकारी जागिरको व्यवस्था गरेको कोटा प्रणालीको विरोधमा बङ्गलादेशमा विद्यार्थीले आन्दोलन गरेका हुन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्