sevenstartv.com २० वैशाख २०८३, आइतवार

इको ब्राण्डको मिनिरल वाटरमा कीटाणु भेटियो

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । इको ब्राण्डको मिनिरल वाटरमा कीटाणु भेटिएको छ ।शुक्रबार काठमाडौँको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा कीटाणु फेला पारेका हुन् ।

 सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो कीटाणु भेटिएपछि काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपक्षी विभागमा पठाएको छ । मिनिरल वाटरको बोतलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौँ महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिए ।  

काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु कीटाणु होरहोइन भनी परीक्षण गरेर मात्रै कानुनी कारबाहीको प्रक्रियामा अघि बढाउने प्राविधिक पराजुलीले बताए । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्