sevenstartv.com १० चैत २०८२, मङ्गलवार

बाइडेनले गरे डोनाल्ड ट्रम्पलाई स्वागत

२९ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि बुधबार साँझ भेटवार्ता भएको हो । भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाइ दिएका थिए । दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएको बीबीसीले जनाएको छ ।

 

बाइडनले कुराकानीको क्रममा ट्रम्पलाई कुनै समस्या नहुने गरी सत्ता हस्तान्तरण गर्ने बताएका थिए । ट्रम्पले राजनीति कठिन तर धेरै कुरामा राम्रो पनि भएको बताउँदै पछि पनि राम्रो हुने बताएका थिए । साथै आतिथ्यताको निम्तो दिएको भन्दै बाइडेनको सह्राना गरेका थिए । भेटमा उपराष्ट्रपति र डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धी कमला ह्यारिस भने उपस्थित थिएनन् ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले ह्वाइटहाउसमा निम्तो पठाएका थिए । तर सन् २०२० मा बाइडनले जित्दा ट्रम्पले ह्वाइटहाउसमा बोलाएका थिएनन् । यहाँसम्मकी ट्रम्पले बाइडनको शपथ ग्रहण समारोह नै बहिस्कार गरेका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्