sevenstartv.com १० चैत २०८२, मङ्गलवार

इजरायलको आक्रमणबाट १८ सय जनाको मृत्यु, नौ हजार ३३० घाइते

५ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । इजरायलको आक्रमणबाट मारिनेको सङ्ख्या १८ सय नाघेको छ ।  लेबनानको स्वास्थ्य मन्त्रालयका  अनुसार १६ सेप्टेम्बरदेखि हिजबुल्लाहको विरुद्धमा आक्रमणलाई तीव्र बनाएको इजरायलका कारण कम्तीमा १८ सय दुई जनाको ज्यान गएको र नौ हजार ३३० घाइते भएका  हुन् । 

 इजरायलको आक्रमणबाट सबै भन्दा धेरैको मृत्यु  दक्षिणी लेबनान र नबाटियामा भएको छ ।  हिजबुल्लाहले समेत इजरायलमाथि आक्रमण जारी राखेको छ । आइतबार मात्र दुई सय प्राजेक्टाइलले पार गरेको इजरायल डिफेन्स फोर्स आइडिएफले जनाएको छ ।


आइतबार इजरायलले हिजबुल्लाहको वित्तीय प्रतिष्ठानहरूमा पनि आक्रमण गरेको छ। हिजबुल्लाहको प्रभावशाली वित्तीय संस्था अल काद अल हसनका धेरै शाखालाई इजरायलले आफ्नो निसाना बनाएको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्