sevenstartv.com १० चैत २०८२, मङ्गलवार

तत्काल चुनाव गर्न बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसको अस्वीकार

२३ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गरेका छन् ।

डा. युनुसले आफूमध्ये कसैको पनि लामो समयसम्म सरकारमा बस्ने लक्ष्य नभएको तर चुनावका लागि त्यसअघि महत्त्वपूर्ण विषयमा सुधार आवश्यक रहेको बताएका छन् । चुनाव गर्न आफू तयार रहे पनि सुधारअघि चुनाव गर्नु गलत रहेको अन्तरिम सरकार प्रमुख डा। युनुसको भनाइ छ ।

युनुसले सार्वजनिक प्रशासनको विरासत पूर्णरूपमा बिग्रिएको बताउँदै यसलाई भविष्यमा निरङ्कुशतामा फर्कनबाट रोक्न व्यापक सुधारको आवश्यकता रहेको बताएको बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । सुधारको अर्थ विगतमा जे भयो त्यसलाई नदोहोर्‍याई आवाश्यक सुधार गर्ने रहेको उनको भनाइ छ ।

गएको अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणाम स्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता डा. युनुस बङ्गलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए । 

हसिनाको १५ वर्षेको शासनकालमा विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्यासहित मानव अधिकार हनन भएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनमा हसिना सरकारले अदालत र निजामती सेवाको राजनीतिकरणसहित शक्तिको दुरुपयोग गरी लोकतान्त्रिक पद्धतिलाई ध्वस्त पार्न एकतर्फी चुनाव गरेको आरोप पनि लगाइएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्