sevenstartv.com ११ चैत २०८२, बुधवार

अमेरिकी निर्वाचन शान्तिपूर्ण हुनेमा राष्ट्रपति बाइडेनको आशंका

१९ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचन शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन् ।

सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रपति बाइडेनले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने भएपनि शान्तिपूर्ण हुनेमा भने विश्वस्त नभएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा व्यापक घोटाला भएको आरोप लगाएपछि उनका समर्थकहरूले राजधानीमा तोडफोड गरेका थिए ।

रिपब्लिकनको पराजयपछि उनका सयौँ समर्थकहरूले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाभियोग समेत लगाइएको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्