sevenstartv.com १० चैत २०८२, मङ्गलवार

इजरायली सेनाले अल जजिराको कार्यालयमा मार्‍यो छापा

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । 

४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ । आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए ।

सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश लिएको अल जरिजाले जनाएको छ । उनका अनुसार आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाइएको छ ।

ल ओमारीले भने यसरी सञ्चार माध्यमहरुलाई निशाना बनाउनुको उद्देश्य मानिसहरुलाई सही सूचना दिनबाट रोक्नु भएको बताएका छन् । गत मे महिनाको सुरुवातमा पनि नजरथ र पूर्वी जेरुसेलमको अल जजिराको कार्यालयमा छापा मारिएको थियो ।

अप्रिलमा इजरायलको संसदको एउटा कानुन पास गरेको थियो । जसमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएको विदेशी च्यानलको प्रसारण अस्थायी रुपमा बन्द गर्न सक्ने अधिकार सरकारलाई दिइएको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्