भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन
काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ ।
केही समयदेखि बिरामी रहेका ७२ वर्षीय येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उनलाई श्वासप्रश्वासको गम्भीर समस्या रहेको थियो ।
सीताराम येचुरीको भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो । उनी ३२ वर्षसम्म भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरोका सदस्य रहेका थिए । यस्तै उनी सन् २०१५ देखि महासचिव थिए ।
यस्तै सन् २००५ देखि २०१७ सम्म राज्यसभा सदस्य थिए । यसैबीच येचुरीको निधप्रति भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् । कांग्रेस आईका नेता राहुल गान्धीले येचुरीसँगको तस्बिर सामाजिक सञ्जालमा राखेर देश बुझेको एउटा असल मित्र गुमाएको बताए ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी प्रमुख ममता बनर्जीले येचुरीको निधनको खबर सुनेर दुःख लागेको भन्दै उनकोे विदाइ राष्ट्रिय राजनीतिको लागि एउटा क्षति भएको बताए ।
