sevenstartv.com १० चैत २०८२, मङ्गलवार

भियतनाममा ‘सुपर टाइफुन’ यागीसँगै आएको बाढीपहिरोमा परी ६५ जनाको मृत्यु, ३९ जना बेपत्ता

२५ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । भियतनामको उत्तरी क्षेत्रमा ‘सुपर टाइफुन’ यागीसँगै आएको बाढीपहिरोमा परी ६५ जनाको मृत्यु भएको छ ।

३९ जना बेपत्ता रहेका देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ । चक्रवातका कारण ७५२ जना घाइते भएका जनाइएको छ ।

मंगलबार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८ को ऐतिहासिक रेकर्ड पार गरेको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै सिन्ह्वाले जनाएका छन ।

राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्च चेतावनी जारी गरिएको छ । हनोईको रेड नदीको बढ्दो जलस्तरले सोमबारदेखि सहरका विभिन्न क्षेत्रमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ ।

भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले चक्रवातबाट प्रभावित पाँच प्रान्तलाई सहयोग गर्न २०२४ को बजेटबाट १०० बिलियन भियतनामी डोङ वा (करिब चार मिलियन अमेरिकी डलर) छुट्ट्याउने निर्णय गरेका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्