सिन्धुलीमा कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता
सिन्धुली कार दुर्घटना अपडेट
काठमाडौं -सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् ।
फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले उक्त खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट कार नदीमा खसेको हो । कारको नम्बर खुलेको छैन ।















