sevenstartv.com १४ भदौ २०८३, आइतवार

सरकारको अनुमति पश्चात चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा

१३ भदौ २०८३, शनिवार स्टार संवाददाता

काठमाडौँ, । सरकारको अनुमति बेगर कुनै पनि देशका विज्ञले रेस्क्यु गर्न नपाउने भएकाले सरकारको अनुमति पाउन साथ चिनियाँ ‘टनेल रेस्क्यु टिम’का ६ जना सदस्य माथिल्लो त्रिशूली (३ बी ) मा उद्धारका लागि सक्रिय भएका छन् । बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली (३ बी) जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उक्त उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको सहमतिमा उच्च दक्ष चिनियाँ विज्ञ टोली परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ । सरकारले अनुमति दिए लगतै ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली कार्यक्षेत्रमा खटिएको बताइएको छ । चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्ने बताइएको छ ।

अब नेपाल र चीनको संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ गरी उद्धार सम्भव देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने तयारी रहेको जनाइएको छ । सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए पनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका मानिसहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस गरिने प्रधानमन्त्री कार्यालयले बताएको छ।

नेपाल सरकारले अनुमतिदिए लगत्तै भारतवाट पहिलो पटक ुटनेल रेस्क्यु टिमु हिजो साँझ नेपाल पठाएको थियो, चीनवाट सिधै हेलिकोप्टरमा नेपाल पसेको यो टोली दोस्रो हो । अन्य देशले पनि रेस्क्यु टिमलगायत उद्दार टोली पठाउने प्रतिबद्धता जनाएका छन । हिजो सम्म सरकारले बिदेशी उद्दार टोली नचाहिने बताउँदै आएको भए पनि शनिवार देखी भने बिदेशी उद्दार टोलीलाई  प्रवेशमा अनुमति दिएसँगै उद्दार कार्यले तिव्रता पाउने अनुमान गर्न सकिन्छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्