sevenstartv.com १७ साउन २०८३, आइतवार

काठमाडौंको गोठाटारमा शनिबार साँझ भएको आगलागीबाट फर्निचर र हार्डवयरलगायत १४ वटा पसलमा क्षति

गोठाटार आगलागी अपडेट

१७ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडौंको गोठाटारमा शनिबार साँझ आगलागी भयो । आगलागीमा विभिन्न १४ वटा पसलहरु जलेका छन् ।

शनिबार राति सवा ९ बजे सुरु भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार गोठाटारको पहेलोपुल नजिक रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भई आगलागी सुरु भएको थियो ।आगलागी राति ११ बजे सशस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा ९ वटा दमकल, ३ वटा पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका – ९ का ३७ को नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई नगर अस्पताल मुलपानीमा सामान्य उपचारपश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्