sevenstartv.com ११ जेठ २०८३, सोमवार

श्रमदान र संगठन विस्तारमा केन्द्रित हुन हर्क साम्पाङको निर्देशन

२ जेठ २०८३, शनिवार स्टार संवाददाता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न बिनम्रता पूर्वक अनुरोध गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य सङ्गठनको समान हिस्सेदार हुनुपर्नेमा जोड दिए ।

ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन् बढ्ने उनको भनाई छ । श्रम–संस्कृति पार्टीलाई काम गर्ने पार्टको रुपमा परिचित गराउनु पर्नेमा जोड दिँदै उनले प्रत्येक सदस्यले श्रमदान गर्नुपर्ने बताएका छन् ।

पार्टी निर्माणको चरणमा रहेको भन्दै उनले सक्रिय सदस्यहरूले मात्रै महाधिवेशनमा उम्मेदवारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी गराएका छन् । महिलाको सहभागिता न्यूनतम ३३ प्रतिशत सुनिश्चित हुने कुरा बताउँदै उनले प्रदेश पदाधिकारीहरूलाई एकअर्कासँग नियमित सम्पर्कमा रहन, बैठक सञ्चालन गर्न र सङ्गठनलाई लोकतान्त्रिक ढङ्गले अघि बढाउन आग्रह गरका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्