sevenstartv.com १२ जेठ २०८३, मङ्गलवार

रास्वापाको प्रशिक्षण कार्यक्रम सुरु, उपसभापति स्वर्णिम वाग्लेद्वारा उद्घाटन

२६ वैशाख २०८३, शनिवार स्टार संवाददाता

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।  

आइतबारसम्म चल्ने प्रशिक्षण स्टाफ कलेज जावलाखेलमा जारी रहेको प्रवक्ता मनिष झाले बताए । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गरेका छन् । 

आइतबार समापन मन्तव्य सभापति रवि लामिछानेले दिने तय भएको छ । १८२ सीट रहेको रास्वपाले यसअघि पनि सांसदहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो ।

    

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्