sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

पूर्वविशिष्टहरूले गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै रिट दर्ता

२४ वैशाख २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ । सरकारको नेतृत्व तहमा रहेर काम गरेका बरिष्ठहरुले राज्यकोषबाट लिने गरेको सेवा सुविधामाथि प्रश्न उठेको छ । पूर्वराष्ट्रपति डा‍. रामवरण यादव लगायतका पूर्वविशिष्टहरूले विदेशमा गएर उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

बिहीबार सर्वोच्च अदालतमा सरोज न्यौपानेले दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ । विदेशमा उपचार गरेको खर्च राज्यले व्यहोर्ने कार्यविधि नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयबाट उनीहरुले उपचार खर्च लिने गरेका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले उक्त रिटको पेशी शुक्रबारका लागि तोकिएको  जानकारी गराएका छन् । स्वदेशमा राम्रो उपचार पद्दति भए पनि राज्यका पूर्व पदाधिकारीहरूले विदेशमा गएर उपचार गर्ने र मन्त्रिपरिषद्को निर्णयबाट उनीहरूको उपचार खर्च व्यहोर्ने अभ्यास हुँदै आएको थियो ।

पूर्वविशिष्टहरूले लिने गरेका यस्ता खाले सेवा सुविधाका विषयमा यस अघि पनि पटक पटक प्रश्न उठ्दै आएका थिए तर बालेन नेतृत्वको सरकारले देशमा सुशान कायमका गर्नका लागि चालेको पहल कदमी पश्चात यस अघि सरकार संचालनका क्रममा भएका बेथितीहरु छरपस्ट हुन थालेका छन् ।

२०७५ सालमा जनस्वास्थ्य ऐन जारी गरेर त्यस्तो क्रियाकलापमा रोक लगाइएको भए पनि अर्को कार्यविधिमा भएको व्यवस्था अनुसार विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदै आएका थिए । सो कार्य कानुन विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्