सांसदहरूको विद्युतीय हाजिरीका लागि बायोमेट्रिक विवरण संकलन गरिदै
काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरूको विद्युतीय हाजिरी प्रणालीलाई प्रभावकारी बनाउनका लागि बायोमेट्रिक विवरण र औपचारिक तस्वीर संकलन कार्यलाई तिव्रता दिएको छ ।
सो कार्यका लागि संसद सचिवालयले सूचना जारी गर्दै सांसदहरूलाई मिति, समय र स्थान तोकेर उपस्थित हुन आग्रह गरेको छ ।
सचिवालयद्वारा जारी गरिएको सूचनाअनुसार सांसदहरूले २४, २५ र २८ वैशाखमा आफ्नो समितिको कार्यतालिकाअनुसार उपस्थित हुनुपर्ने जनाइएको छ ।
त्यस्तै, सांसदहरूले संघीय संसदको ब्याच लगाएर उपस्थित हुनुपर्ने समेत उल्लेख गरिएको छ
