सम्पत्ति शुद्धीकरण विभागद्दारा सुभल अग्रवाल र दीपक भट्टको घरमा छापा
काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । विभागका प्रमुख गजेन्द्र ठाकुरले दुइ व्यावसायीको घरमा छापा हानेको पुष्टि गरेका छन् । मंगलबार भट्टको सानेपा तथा सुलभको लाजिम्पाटको घरबाट चाहिने कागजात लिएका विभागका प्रमुख ठाकुरले जानकारी गराएका छन् ।
उनीहरूबाहेक महाराजगन्जस्थित हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा समेत छापा मारेको ठाकुरको भनाइ छ । सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। नयाँ वर्ष २०८३ को पहिलो दिन अर्थात वैशाख १ गते विभागले भट्ट, अग्रवाल र हमालयन रिमा छापा मारेको हो ।
भट्टको सानेपास्थित किरण भवनमा अवस्थित कार्याल र घरमा छापा मार्दै सिल मारेको स्रोतको भनाइ छ । विभागले उनीहरूको घर र कार्यालयमा १२ घण्टाभन्दा लामो विशेष अप्रेसन चलाएको थियो । भट्टको सानेपास्थित अफिस सिल गरिएको छ भने डकुमेन्ट, कम्युटर, ल्यापटप लगायतका कागजपत्र नियन्त्रणमा लिएको छ । अग्रवालको कार्यालयमा दिनभर छापा मारेर डकुमेन्ट कम्प्युटर, ल्यापटप नियन्त्रणमा लिइएको छ ।’
