sevenstartv.com ८ चैत २०८२, आइतवार

विदेशी खेलाडीको भिसा विवादले चर्च बोइज र मच्छिन्द्रसहित ७ फुटबल क्लब छानबिनमा तानिए

६ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अध्यागमन विभागले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित ७ फुटबल क्लबलाई छानबिनमा तानेपछि जारी राष्ट्रिय लिग रोकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय लिगमा श्रम स्वीकृति र कार्यसहमतिबिनै पर्यटक भिसामा नेपाल ल्याएर विदेशी खेलाडी खेलाडी भन्दै ती क्लब अध्यागमन विभागको छानबिनमा तानिएका हुन् । 

विभागका अनुसार चर्च बोइज र मच्छिन्द्रसहित, संकटा, मनाङ मस्र्याङ्दी, सातदोबाटो युथ, जावलाखेल युथ र श्री भगवती क्लब टोखालाई छानबिनमा तानिएको हो । यी क्लबमा भित्रिएका विदेशी खेलाडीले श्रम स्वीकृति नलिएको र कार्यसहमति नगरेको भेटिएपछि छानबिन थालिएको विभागले जनाएको छ । योसँगै लिगका खेल रोकिएको एन्फाले जनाएको हो । 

विभागले पत्रमार्फत पर्यटक भिसा लिएर नेपाल आएका व्यक्तिहरूलाई उनीहरूको भिसाको उद्देश्यअनुसार मात्र गतिविधिमा संलग्न हुन पाउने व्यवस्था रहेको सम्झाउँदै खेलकुदमा सहभागी गराउनु नियमविपरीत हुने स्पष्ट पारेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्