sevenstartv.com २६ भदौ २०८३, शुक्रवार

एसीसी प्रिमियर कप क्रिकट- नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

२५ भदौ २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं -लेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्ग आज भएको पहिलो सेमिफाइलन खेलमा नेपालले ओमानलार्ई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए ।

उनले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाएका हुन । त्यस्तै बसिर अहमदले ४७ रन बनाउदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३/३ विकेट लिए । त्यस्तै मुहम्मद इमरानले २ विकेट लिदा शकील अहमद र मुजिबुर अलीले समान १/१ विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङ्मा उत्रेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्