म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् । उनले २२ हजार ८५० मतका साथ निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरे । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छन् ।
म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।
