sevenstartv.com २३ फागुन २०८२, शनिवार

झापा–१ मा रास्वपाको अग्रता

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छन् ।

निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार तीन हजार ७७९ मत गणना गर्दा डाँगीले एक हजार ७०२ मत प्राप्त गरेकी छन् । यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले ७७५, नेपाली कांग्रेसका केशवराज पाण्डेले ५२५ र नेकपा एमालेका रामचन्द्र उप्रेतीले ४०५ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक लाख ३१ हजार ६७ मतदाता रहेकामा ७६ हजार ७७४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्