sevenstartv.com २ चैत २०८२, सोमवार

काठमाडौं- १ बाट रास्वपाकी रञ्जु दर्शना जित नजिक

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा) ले काठमाडौ- १ बाट विजयी सुरुवात गर्ने निश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार रञ्जु दर्शना ९न्यौपाने०ले ९ हजार ७८ मत पाएकी छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री भन्दा करिब पाँच हजार मतले अगाडि छन् ।

प्रबल थापाले अहिलेसम्म ४ हजार ८८ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले २३ सय ५५ मत पाएका छन् । यो क्षेत्रमा चौथो स्थानमा रहेको एमालेका मोहनराज रेग्मी ७४५ मत पाएका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्