प्रभु साहले गरे मतदान
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मौलापुर नगरपालिका-५ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
अध्यक्ष साहले बिहीबार बिहानै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबै मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे ।
उनले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई धन्यवाद दिँदै मतदातालाई ढुक्क भएर मतदान गर्न अपिलसमेत गरेका छन् । उनी रौतहट क्षेत्र नम्बर-३ मा उम्मेदवार रहेका छन् ।
