sevenstartv.com २ चैत २०८२, सोमवार

बागलुङका २३० वटै मतदान केन्द्रमा मतदान जारी

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा मतदान जारी छ । बिहीबार बिहान ७ बजेदेखि जिल्लाका सबै मतदान स्थलहरूमा मतदान सुरु भइसकेको छ । 

बागलुङ जिल्लाभर कुल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् जस मध्ये ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । निर्वाचनका लागि कर्मचारी, प्रहरी र निर्वाचन प्रहरी गरी चार हजार जनशक्ति परिचालन गरेको छ ।

जिल्लामा १०७ मतदान स्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा संवेदनशीलता, मतदाताको सङ्ख्या घटबढ, तथा पायक पर्ने स्थान लगायतका कारण एक मतदान स्थल थप गरेको र एक मतदान केन्द्र घटाएर १०७ मतदान स्थल र २३० मतदान केन्द्र कायम गरिएको छ ।

दुई मतदानस्थललाई स्थानान्तरण समेत गरिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्