sevenstartv.com २० फागुन २०८२, बुधवार

पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

२० फागुन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन् । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्