sevenstartv.com ४ असार २०८३, बिहिवार

दुर्गा प्रसाईं फेरि पक्राउ

१७ फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो । 

उनलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ । उनको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएका थिए । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए । यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम छैन ।