sevenstartv.com २३ फागुन २०८२, शनिवार

आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विजयी, क्यानडा ५७ रनले पराजित

२७ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग  क्यानडा पराजित भएको छ ।  हिजो बेलुकी भएको खेलमा दक्षिण अफ्रिकासँग क्यानडा ५७ रनले पराजित भएको हो । 

दक्षिण अफ्रिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको क्यानडा निर्धारित २० ओभरमा एक सय ५६ रनमा अलआउट भयो । क्यानडाका नवनीत धालिवालले ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि अहमदावादमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान एडेन माक्र्रमले ५९ रन बनाए । 

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ तारिख अर्थात् फागुन २४ गते हुनेछ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्