एलपी ग्यासको आपूर्ति नियमित भइरहेको आयल निगमकाे दाबी
काठमाडाैं । आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइरहेको जनाएको छ ।
भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई सामान्य अभाव रहेकामा बरौनीबाट आइतबारदेखि नै ग्यास ढुवानी हुन थालेकाले अभाव नहुने निगमले जनाएको छ ।
एक साता बरौनी रिफाइनरी मर्मत भई बन्द हुँदा ग्यासको आयात कम हुँदा बजारमा अभाव भएको निगमले जनाएको छ । पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आयात हुन एक हप्ता लाग्छ। आसन्न निर्वाचनलाई ध्यानमा राखेर फेब्रुअरीका लागि साबिकको परिणाममा थप दुई हजार मेट्रिक टन गरी इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न पत्राचार गरेकाले ग्यासको अभाव नहुने निगमले जनाएको छ ।
ग्यास अभाव नहुने हुँदा आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ ।
