sevenstartv.com ११ माघ २०८२, आइतवार

आजको मौसम : केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

११ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको जनाएको छ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । पूर्वी तथा मध्य तराई भूभागका थोरै स्थान बिहानीपख हुस्सु रहनेछ ।

राति सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नुका साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्