sevenstartv.com ९ माघ २०८२, शुक्रवार

आर्थिक मन्दीका कारण बैंक तथा वित्तिय संस्थामा थुप्रिएको तरलता र त्यसले घटाएको ब्याजदरको सिधा प्रभाव राजस्वमा

९ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । आर्थिक मन्दीका कारण बैंक तथा वित्तिय संस्थामा थुप्रिएको तरलता र त्यसले घटाएको ब्याजदरको सिधा प्रभाव राजस्वमा समेत परेको छ ।

ब्याजदर घटेका कारण आयकर समेत घटेको छ । घटेको राजस्वले रोजगारीसँगै उत्पादनमा समेत प्रभाव परेको देखिएको बिज्ञहरुले बताएका छन । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा पुससम्म ७ खर्ब ११ अर्ब उठाउने लक्ष्य राखेको थियो । 

जसमध्ये जम्मा ८१ दशमलव सात पााच प्रतिशत अर्थात ५ खर्ब ८१ अर्ब उठेको छ । गत वर्ष यही समयमा ५ खर्ब ६७ अर्ब उठेको थियो । समग्र राजस्व गत वर्षको तुलनामा ३ दशमलव एक–आठ प्रतिशत बढि उठेको देखिए पनि लक्ष्य अनुसार भने यस्तो प्राप्तिमा अर्थ मन्त्रालय स्वयं सन्तुष्ट छैन । अझ आयकर तथा ब्याजकर त गत वर्षको तुलनामा कम उठेको छ ।  

गत वर्षको पुसको तुलनामा भन्सार महसुल ८ प्रतिशतले बढेको छ । राजस्वमा ठूलो बृद्धि हुन नसक्नुले आर्थिक गतिबिधिमा सुस्तता र मन्दी रहेको प्रष्ट संकेत गरेकाले अर्थतन्त्र चलायमान हुने गरि काम अघि बढाउन जरुरी देखिन्छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्