sevenstartv.com २१ वैशाख २०८३, सोमवार

न्युजिल्यान्डसँगको टी–२० शृङ्खलाको पहिलो खेलमा भारतको जीत

८ माघ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । न्युजिल्यान्डसँगको टी-२० शृङ्खलाअन्तर्गत पहिलो खेलमा भारतले जितेको छ ।

बुधबार बेलुकी भएको खेलमा भारतले न्युजिल्यान्डलाई ४८ रनले हरायो । घरेलु टोलीले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ७ विकेट गुमाएर १ सय ९० रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सबैभन्दा धेरै ७८ रन बनाए । भारतका वरुण चक्रवर्ती र शिवम दुबेले समान २ विकेट लिए । 

त्यसअघि नागपुरमा टस हारेर ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २ सय ३८ रन बनायो । भारतका अभिषेक शर्माले सबैभन्दा धेरै ८४ रन बनाए । न्युजिल्यान्डका ज्याकब डफी र काइल जेमिसनले समान २ विकेट लिए । यो जीतसँगै भारतले ५ खेलको शृङ्खला १–० ले अग्रता लिएको छ ।

अब यी दुई टोलीबीच दोश्रो खेल शुक्रबार रायपुरमा हुनेछ । यसअघि भारतसँग भएको एकदिवसीय शृङ्खला ज्युजिल्यान्डले जितेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्