sevenstartv.com ९ माघ २०८२, शुक्रवार

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

२७ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो नेपाल टी–२० च्याम्पियनसिप कप क्रिक्रेट’ हुने भएको छ ।

नेपालका चार र भारतका चार टोलीको सहभागिता रहने उक्त प्रतियोगिताका बिजेताले पाँच लाख र उपबिजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक मनोज सुब्बाले बताए । प्रतियोगितामा भाग लिन भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनउ, क्रिकेट कोचिङ एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेको उनले जानकारी दिए । 

यसैगरी नेपाली टोलीहरू भद्रपुर क्रिकेट क्लब, विराटनगर किङ्ग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स, गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाड रहेका छन् । भारतबाट सहभागी टोलीमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरू र नेपाली क्लबबाट एनपीएल खेलिसकेका खेलाडीहरू मैदानमा उत्रिने उनको भनाइ छ । 

भद्रपुर नगरपालिका–८ स्थित मेची बहुमुखी क्याम्पसको खेल मैदान लिजमा लिएर भद्रपुर क्रिक्रेट क्लवले तीन वर्षको अवधिमा शानदार क्रिक्रेट मैदान निर्माण गरिसकेको छ । प्रतियोगिता त्यही मैदानमा हुने भएको छ । 

खेलबाट मुलुकको पर्यटन क्षेत्रमा योगदान पुग्ने भएकाले आयोजकले कोशी र पाथिभरासमेत जोडेर प्रतियोगिताको नामकरण गरेका छन् । प्रतियोगितामा एक करोड २२ लाख खर्च हुने र क्रिक्रेट मैदानको दर्शक क्षमता १० हजार रहेको संयोजक सुब्बाले जानकारी दिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्