sevenstartv.com १० माघ २०८२, शनिवार

आइसीसी टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टिम घोषणा

१८ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । यस वर्ष हुने आइसीसी टी–२० विश्वकप २०२६ को लागि अस्ट्रेलियाले आफ्नो प्रारम्भिक टोली घोषणा गरेको छ । 

टोली घोषणा भएसँगै फास्ट बलर प्याट कमिन्स र जोश हेजलवुड टोलीमा फर्किएका छन् भने अलराउन्डर मिचेल ओवेनलाई बाहिर राखिएको छ । छनोटकर्ताहरूले स्पिनलाई विशेष ध्यान दिँदै सन्तुलित टोली छनोट गरेका छन् । इन्जुरीका कारण टिममा नरहेका टेस्ट कप्तान प्याट कमिन्स र अनुभवी फास्ट बलर जोश हेजलवुड पनि विश्वकप टोलीमा समावेश गरिएका छन् । 

अष्ट्रेलियाका सबै समूह चरणका खेलहरू श्रीलंकामा खेल्ने तालिका रहेको छ भने त्यहाँ स्पिन–मैत्री पिचहरू हुने जनाइएको छ । यसलाई ध्यानमा राख्दै, बायाँ–हाते स्पिनरहरू म्याथ्यू कुह्नेम्यान र कूपर कोनोलीसँगै एडम जाम्पालाई टोलीमा समावेश गरिएको छ । ग्लेन म्याक्सवेलले पनि पार्ट–टाइम स्पिन विकल्प प्रदान गर्नेछन् । 

त्यस्तै प्याट कमिन्स र जोश हेजलवुडले फास्ट बलिङ आक्रमणको नेतृत्व गर्नेछन् । यस्तै, नाथन एलिस र जेभियर बार्टलेट पनि सामेल हुनेछन् भने क्यामरुन ग्रिन र मार्कस स्टोइनिसले अलराउन्डरको रूपमा टोलीलाई बलियो बनाउनेछन् । अष्ट्रेलियाले फेब्रुअरी ११ मा कोलम्बोमा आयरल्याण्डसँग आफ्नो पहिलो खेल खेल्नेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्