sevenstartv.com १० माघ २०८२, शनिवार

तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लाग्यो

१८ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । 

शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्