sevenstartv.com ९ माघ २०८२, शुक्रवार

एन्फाको चुनावी साधारणसभा २८ माघमा

१८ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अग्रिम निर्वाचन ‘अर्ली इलेक्सन’ मा जाने भएको छ । एन्फाको कार्यसमितिको बैठकले अर्ली इलेक्सनको निर्णय गरेपछि घरेलु फुटबलको सर्वोच्चसंस्थाको निर्वाचन आगामी माघ २८ गते हुने भएको छ । 

पङ्कज नेम्वाङको नेतृत्वमा रहेको एन्फाको वर्तमान कार्यसमितिको चारबर्से कार्यकाल असार ६ गतेसम्म रहेको छ । नेम्वाङको कार्यसमिति सन् २०७९ असारमा निर्वाचित भएको थियो । एन्फा विधान  अनुसार प्रतिकूल समयमा कार्यसमितिको कार्यकाल छ महिना लम्ब्याउन सकिने प्रावधान पनि छ । 

एन्फाले चुनाव गर्नुपर्ने असारमा फिफा विश्वकप फुटबल प्रतियोगिता पर्ने भएकाले अर्ली इलेक्सनको निर्णय गरेको बताएको छ । सो चुनाव झापामा हुने छ । एन्फा कार्यसमितिकै केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको अवस्थामा चारबर्से कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्न प्रस्ताव राखेका थिए तर एन्फा नेतृत्वले बहुमतका आधारमा अग्रिमनिर्वाचनमा जाने निर्णय ग¥यो । 

यसै गरी एन्फाले आर्थिक वर्ष २०८२÷८३ को लेखा परीक्षण गर्नका लागि आठमध्येमा सङ्घको लेखा परीक्षण तथा अनुपालक समितिको सिफारिसबमोजिम सुबोध एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्