sevenstartv.com १० माघ २०८२, शनिवार

एमाले अध्यक्ष ओलीलाई बयानका लागि पत्र काट्ने जाँचबुझ आयोगको तयारी

रमेश लेखकको सकियो बयान, थप गरिएको म्यादभित्रै प्रतिवेदन बुझाउने आयोगको दाबी

१७ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको बिषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् । 

उनका अनुसार, निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सकिइसकेको छ । बयान सकिएलगत्तै आयोगले लेखकमाथि लगाएको स्थान हद पनि फुकुवा गर्ने तयारी गरेको छ ।  कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दाबी गरेका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्