sevenstartv.com १० माघ २०८२, शनिवार

कांग्रेसमा महाधिवेशन विवाद उत्र्कषमा

संस्थापन पक्ष नियमित कार्यतालिका नै परिवर्तन गरेर चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा, विशेष पक्षधर बुक गरे भृकुटीमण्डपको हल

१७ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुक गरेका छन् । नियमित महाधिवेशनको सम्भावना सकिएपछि पार्टी स्वतः विशेष महाधिवेशनतिर अघि बढेकाले पुस २७ र २८ लाई भृकुटीमण्डपको हल बुकिङ गरिएको हो । 

विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खोली हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।

 ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिना पुग्न लाग्दा पनि पार्टीले बेवास्ता गरेको भन्दै हल बुक गरिएको उनीहरू बताउँछन् । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बाध्यकारी विधान अनुसार नै अघि बढेका हुन् । तर संस्थापन पक्ष भने नियमित कार्यतालिका नै परिवर्तन गरेर चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्